पूर्वकप्तान पारस खड्काले त्रिकाेणात्मक सिरिज गुमाउने

क्रिकेट

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का शनिबारदेखि सञ्चालन हुने त्रिकोणात्मक टिट्वान्टी सिरिज खेल्न नसक्ने भएका छन्। अभ्यास खेलका क्रममा कुममा लागेको चोटका कारण अलराउण्डर खड्का सिरिज नखेल्ने भएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै पारसले आफूले दुई/तीन आराम गर्नुपर्ने देखिएकाे बताएका छन् । आफूले प्रतियाेगिता गुमाए पनि नेपाली टाेली राम्राे रहेकाे र जित्ने उनले विश्वास व्यक्त गराएका छन् ।

त्रिदेशीय कप शनिबारदेखि त्रिवि मैदान कीर्तिपुरमा सुरू हुँदैछ। कपको पहिलो खेलमा नेपालले शनिबार नेदरल्यान्ड्सँग खेल्दैछ। यस्तै, दोस्रो खेल मलेसियासँग वैशाख ६ मा हुनेछ। नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी,शाहब आलम।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *