रियल मड्रिडको फराकिलो जित, बेन्जिमाको दुई गोल

फुटबल

काठमाडौं । करिम बेन्जिमाको दुई गोलको सहयोगमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सुखद सुरुवात गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले आलाभेजलाई ४–१ ले हराएको हो । उसैको मैदानमा आलाभेजलाई फराकिलो अन्तरले हराउँने क्रममा रियल मड्रिडका लागि करिम बेन्जिमाले २ गोल गरे । नाचो र भिनीले १–१ गोल गरे ।

जितसँगै रियलले सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ । यता भने अलाभेसले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0