पीपीएलमा आज लिग चरणको अन्तिम एक खेल हुँदै

क्रिकेट

काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज लिग चरणको अन्तिम एक खेल हुदैछ । अन्तिम खेलमा वुटवल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुदैछ । खेल पोखरा रंगशालामा बिहान साढे ११ बजे सुरु हुनेछ । यसअघिनै प्ले अफमा स्थान पक्का भएको वुटवललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन ।

तर अन्तिम खेलमा फराकिलो जिते निकाले प्लेअफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ । वुटबल ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । पाँचौ स्थानको विराटनगरको ४ खेलबाट २ अंक छ । तेस्रो स्थानको काठमाडौंको ४ अंक छ ।

तर नेट रनरेट भने कम रहेको छ । वुटवलको नेतृत्व सोमपाल कामीले गर्नेछन् भने विराटनगरको कप्तानी प्रदीप ऐरीले गर्नेछन् । विराटनगरले लिग चरणमा पोखरा पल्टनलाई मात्र पराजित गर्न सक्यो । वुटवलले चितवनसंगको मात्र एक खेल गुमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *