महिला फुटबल टिमबाट १७ जना खेलाडी बाहिरिए, २८ जना प्रशिक्षणमा

फुटबल

काठमाडौं। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय महिला फुटबल टिमबाट ११ खेलाडी बाहिरिएका छन्। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ३९ खेलाडीबाट २८ मा झारेका हुन्। फिलिम्सले ४५ खेलाडीलाई बोलाए कोभिड–१९ संक्रमणले एक जना र परीक्षाका कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी प्रशिक्षणमा आएका थिएनन्। छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टिम : अन्जना राना मगर (गोलकिपर), एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), उषा नाथ (गोलकिपर), अमिसा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हिराकुमारी भूजेल, इन्दिरा राई, मनिषा राउत, मन्जली तामाङ योन्जन, निशा थोकर, प्रिति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मीकुमारी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बू, सर्मिला थापा, सिर्जना सिंह

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *