जर्मनीका लेजेन्ड फुटबलर गर्ड मुलरको निधन

फुटबल

काठमाडौं, साउन ३१ : बायर्न म्युनिख तथा जर्मनीका लेजेन्ड फुटबलर गर्ड मुलरको निधन भएको छ। मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको उनी आबद्ध फुटबल क्लब बायर्न म्युनिखले जनाएको छ ।

उनले पश्चिम जर्मनमा लागि ६२ खेलमा ६५ गोल गरेका थिए । साथै, बायर्न म्युनिखका लागि ६०७ म्याचमा ५६६ गोल गरेका थिए । मुलरले विश्वकप फुटबलमा गरेको १४ गोल लामो समयसम्म धेरै गोलको रेकर्डमा कायम भएको थियो ।

मुलरले बुन्डेस लिगाको एकै सिजन सर्वाधिक गोलको कीर्तिमान पनि बनाएका थिए जुन गत सिजन मात्र रोबर्ट लेवान्डोस्कीले तोडेका थिए। बुन्डेस लिगामा मुलरले जति गोल अझै कसैले गर्न सकेको छैन। प्रतियोगितामा उनी सात सिजन सर्वाधिक गोल कर्ता बनेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *