अन्ततः १७ बर्षपछि बिना मेसि मैदानमा उत्रिएको बार्सिलोनाको शानदार जित

फुटबल

एजेन्सी : १७ वर्षपछि लियोनल मेस्सीबिना सिजन सुरुवात गरेको बार्सिलोनाले स्पेनिस लिग फुटबल ला लिगामा विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ को रोमाञ्चक जीत हासिल गर्न सफल भएको हो ।

बार्सिलाेनाकाे घरेलु मैदानमा भएकाे खेलमा मार्टिन ब्रेथवेटले दुई गाेल गर्दा जेरार्ड पिके र सेर्जी राेबर्टाेले एक-एक गाेल गरे । साेसिडाडका जुलेन लाेबेटे र मिकेल ओयार्जाबलले एक-एक गाेल फर्काए । खेलको १९औं मिनेटमा पिकेले मेम्फिस डिपाएको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ब्रेथवेइटले पहिलो हाफको इन्जुरी टाइमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

५९औं मिनेटमा ब्रेथवेइटले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३-० को अग्रता बनायो । तर, त्यसपछि जुलेन लोबेटे र मिकेल ओयारजाबालले गोल गर्दै सोसिडाडले खेल ३–२ को स्थिति ल्याउन सफल रह्यो । तर, इन्जुरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे ।

यो सिजन लियोनल मेस्सीले बार्सिलोना छाडेपछि टोलीले कस्तो प्रदर्शन गर्ला भन्ने कौतुहलताकै बिच शानदार सुरुवात गरेको हो । खेलमा जित हासिल गरेसँगै बार्सिलाेनाले महत्वपूर्ण तीन अंक जाेडेकाे छ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0