पहिलो खेलमै साविक विजेता म्यानचेस्टर सिटी टोटनहमसँग पराजित

फुटबल

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । आइतबार आफ्नै मैदानमा भएको खेलमा ह्यारी केन बिनाको टोटनहम हट्सपरले सिटीलाई १-० ले पराजित गरेको हो ।

टोटनह्यामलाई विजयी गराउन कोरियाली खेलाडी सन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सनले ५५औं मिनेटमा स्टेभेन बर्जविनको पासमा गोल गरेका थिए । जितसँगै टोटेनह्यामले महत्वपूर्ण ३ अंक जोडेको छ । सिटीले भने हारसँगै सिजनकाे सुरुवात गरेकाे छ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
Tagged