नेपाली टेलिभिजनको इतिहासमा नै पहिलो पटक डिशहोमले ला लिगा प्रसारण गर्दै

फुटबल

काठमाडौं । ला लिगा फुटवल लिग सिजन २०२१–२२ नेपाली टेलिभिजनको इतिहासमानै पहिलो पटक डिशहोमले प्रसारण गर्ने भएको छ । स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ ।

हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा ला लिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा प्रसारण हुनेछ । डिशहोमका ग्राहकहरुले दुई हजार रुपैयाँको सिजन टिकट किनेर एक्सन स्पोर्टस एचडी २ मा लिग अवधिभर संचालन हुने खेलहरु हेर्न सक्नेछन् ।

डिशहोमका मल्टि टिभीका ग्राहकहरुले अतिरिक्त सेट टप बक्समा पनि एक्सन स्पोर्टस एचडी २ हेर्नका लागि थप रु दुई हजारको सिजन टिकट खरिद गर्नु पर्ने हुन्छ । डिशहोमको ग्राहकहरुले ला लिगाको सिजन टिकट खरिद गर्न तथा थप जानकारीका लागि नमस्ते प्रयोगकर्ताहरुले टोल फ्रि नम्वर १६०६० ०१ २२००० र एनसेल तथा अन्य नेटवर्क प्रयोगकर्ताहरुले ९८०११५५००० वा ०१ ४२१७६६६ मा आजै देखि सम्पर्क गर्न सक्ने जनाइएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1