मेस्सी बाहिरिंदा पीडा भयो, तर उनी बिना पनि नयाँ सिजनमा राम्रो गर्नेछौं

फुटबल

एजेन्सी। बार्सिलोनाले घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा शानदार सुरुवात गरेको छ । गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ गोल, जेरार्ड पिके र सर्जियो रोबेर्टोले एक–एक गोल गरेका थिए । रियल सोसिडाडका लागि जुलेन लोबबेटे सिन्फुइगोसले र मिकेल ओयर्जाबालले एक–एक गोल फर्काए ।

खेल पछी  बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले लियोनल मेस्सी विगत भैसकेको र क्लबले वर्तमानको सामना गर्नुपर्ने बताएका छन्। बार्सिलोनाका सर्वकालीन उच्च गोलकर्ता मेस्सी फ्रेन्च क्लब पीएसजीसँग अनुबन्ध भएका छन्।

बार्सिलोनाले आज मेस्सीबिना नयाँ सिजनको पहिलो खेल रियाल सोसिडाडविरुद्ध खेल्दैछ। प्रशिक्षक कोम्यान भन्छन्,‘मेस्सी बाहिरिँदा सबैलाई पीडा भएको छ। तर हामी विगतमा बाँच्न सक्दैनौं। नयाँ सिजनका लागि म उत्साहित छु।’

‘मेसीको बिदाइका बाबजुद पनि हामी नयाँ सिजनका लागि उत्साहित छौं। हामीसँग प्रतिभावान युवा खेलाडीहरु छन्। हामीले नयाँ सिजनमा राम्रो गर्नेछौं भन्नेमा म विश्वास्त छु,’उनले भने।

मेसीको बर्हिगमनसँगै सर्जियो बुस्क्वेट्स बार्सिलोनाको कप्तानी सम्हालेका थिए। यसअगाडि उनले मेसीको अनुपस्थितिमा कप्तानी भूमिका निर्वाह गर्दै आएका थिए।

‘बार्सिलोनाको कप्तान हुन पाउनु गर्वको विषय हो। बार्सिलोनाले एक सय एक कप्तान पायो। कार्लोस पुयोल। जाभी अनि त्यसपछि मेसी। उनको योगदान हामी कहिल्यै भुल्ने छैनौँ,’ उनले भने।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *