त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक

क्रिकेट

काठमाडौं । शनिबार (भोलि)बाट काठमाडौंमा सुरु हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।

टीयू क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । तीन राष्ट्रको कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग शनिबार खेल्नेछ ।

नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0