नेपालले त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनीसँग दुई ओडीआई खेल्ने पक्का

क्रिकेट

काठमाडौं । नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ अघि पपुवा न्यूगिनी (पीएनजी) सँग दुइ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपालले सेप्टेम्बरको ५ तारिखमा डे र ८ तारिखमा डे नाइट गरी सिरिज खेल्ने पक्का भएको बताएको छ ।

पिएनजीसँग खेलेपछि नेपालले अमेरिका र ओमानसँग लिग-२ को खेलमा प्रतिस्पर्धा गर्नेछ। लिग-२ आगामी १३ देखि २० सेप्टम्बर (भदौ २८ देखि असोज ४ सम्म) हुनेछ।

यी हुन बन्द प्रशिक्षणमा रहेका खेलाडी

ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, गुलसन झा, आशिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनास बोहोरा, सहाब आलम, शुसन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ, रोहितकुमार पौडेल

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *