भारतसँग खेल्नु अगाडि मैदानमा पसिना बगाउदै नेपाली खेलाडी ( फोटो फिचर )

फुटबल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण अहिले पोखरा रंगशालामा भइरहेको छ। काठमाडौमा सञ्चालन भइरहेको प्रशिक्षण १० दिनको विश्रामपछि बुधबारदेखि पाेखरामा शुरु भएको हो । नेपाली टाेली अहिले साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायरकाे अन्तिम चरणकाे छनाेटकाे तयारीमा छ । पोखरामा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले टाेलीलाई प्रशिक्षण दिइरहेका छन् ।

प्रारम्भिक टोलीमा नदेखिएका नेपालका अनुभवी खेलाडी विक्रम लामा र रोहित चन्दले पनि पोखरामा प्रशिक्षण गर्नेछन्। रोहित इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका कारणले सुरुवाती बन्द प्रशिक्षणमा देखिएका थिएनन्। त्यस्तै लामो इन्जुरीपछि पुनरागमन गर्ने तयारीमा रहेका विक्रम लामाले बन्द प्रशिक्षणमा शानदार प्रदर्शनी गरेपछि उनलाई पनि टोलीमा समावेश गरिएको हो।

पाेखरामा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु : अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, शिशिर लेखी, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, रजिन धिमाल, राजिब लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, बिक्रम लामा, जर्ज प्रिन्स कार्की ।

पोखरामा प्रशिक्षण गरिरहेको राष्ट्रिय टोलीको केही तस्बिर:

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *