नेपाली टिमबाट भरत खवाससहित १० जना बाहिरिए, यी २८ खेलाडीले पाए मौका

फुटबल

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणबाट भरत खवाससहित १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेकामध्येबाट १० खेलाडी बाहिरिएको जनाएको छ ।

टोलीबाट बाहिरिने दश खेलाडीहरुमा बिक्रम लामा, सन्जोग राई, बिशाल सुनार, भरत खवास, जर्ज प्रिन्स कार्की, रजिन धिमाल, रणदिप पौडेल, राजिव लोप्चन, त्रिदेव गुरुङ र सेसेहाङ आङदेम्बे रहेका छन् ।

साफ च्याम्पियनसिपको तयारीका लागि प्रारम्भिक चरणमा ५० खेलाडी बन्द प्रशिक्षणमा बोलाइएका थिए। च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रिपुर्ण खेल खेल्नेछ। मैत्रिपुर्ण खेल काठमाडौको दशरथ रंगशालामा २ र ५ सेप्टेम्बरमा हुनेछ। च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली अहिले पोखरामा प्रशिक्षण गरिरहेको छ।

बन्द प्रशिक्षणमा रहेका २८ खेलाडी

गोलरक्षक: किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु, अर्पण कार्की
डिफेन्डर: सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द
मिडफिल्डर: सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटि, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, मनिष डाँगी, आयुष घलान, शिशिर लेखी
फरवार्ड: सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0