इङल्याण्ड १२० रनमा अलआउट भएपछि भारतको अप्रत्याशित जित

क्रिकेट

लन्डन : दोस्रो टेस्टमा इंग्ल्यान्डलाई १५१ रनले हराउँदै भारतले पाँच टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ। लर्डसमा भएको खेलमा भारतले इङ्ग्ल्यान्डलाई १ सय ५१ रनको फराकिलो अन्तरले हराएको हो ।

भारतले दिएको २७२ रनको लक्ष्य पछाएको इङल्याण्ड १२० रनमा अलआउट भएपछि भारत १५१ रनले विजयी भएको हो । इंग्ल्यान्डका लागि कप्तान जो रूटले सर्वाधिक ३३ रन बनाए। यस्तै जोस बटलरले २५ रन बनाउँदा मोइन अलीले १३ रन जोडेका थिए।

घरेलु टोलीलाई सस्तैमा रोक्न भारतका लागि मोहम्मद सिराजले सर्वाधिक ४ विकेट लिए। जस्प्रित बुम्राहले ३, इशान्त शर्माले २ तथा मोहम्मद शामीले १ विकेट लिए।

यसअघि भारतले पहिलो इनिंगमा ३६४ र दोस्रो इनिंगमा २९८ रन बनाएर इनिंग घोषणा गरेको थियो । त्यस्तै इङल्याण्डले पहिलो इनिंगमा ३९१ बनाएको थियो । खेलमा भारतका केएल राहुल प्लेयर अफ म्याच बनेका छन् । राहुलले पहिलो इनिंगमा १२९ र दोस्रो इनिंगमा ५ रन बनाएका थिए ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0