चेन्नई सुपर किंग्सको पहिलो जित, पन्जाब किङ्स ६ विकेटले पराजित

आईपिएल क्रिकेट

एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले पहिलो जित निकालेको छ । मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको हो । वान्ग्खडे स्टेडियममा पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईको जितमा मोइन अलिले ४६ र फाप डु प्लेसिसले अविजित रहदै ३६ रन बनाए । पन्जाबका मोहमद शामीले २ विकेटतथा आश्रदिप सिंह र मुरुगान आश्विनले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

पन्जाबका लागि शाहरुख खानले सर्वाधिक ४७ र जे रिचार्डसनले १५ रन जोडे । चेन्नईका दिपक चाहरले ४ विकेट लिए । आज मुम्बई इण्डीयन्स र सन राइजर्स हैदराबादबीच खेल हुने छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0