एसियन कप-२०२२ छनोट : पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने

फुटबल

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत समूह एफमाको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह ’एफ’ मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ ।

समूह एफमा नेपाल र फिलिपिन्ससँगै हङकङ पनि छ । यस्तै नेपालले दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१ मा खेल्नेछ । फिलिपिन्स र हङकङ दुवै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । फिलिपिन्स र हङकङबीच समूहको अन्तिम खेल सेप्टेम्बर २४ मा हुनेछ ।

छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । छनोटका लागि नेपालले तयारी गरिरहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0