बायर्न म्युनिखले जित्यो जर्मन सुपर कपको उपाधि

फुटबल

एजेन्सी । बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । मंगलबार राति भएको फाइनलमा बायर्नले बोरुसिया डोर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए भने थोमस मुलरले एक गोल गरे। त्यस्तै डोर्टमण्डका लागि एक गोल मार्को रेअसले गरका थिए ।

जर्मनीको बुण्डेसलिगा र डिएफबी पोकलको विजेताबीच हुने यस डिएफएल सुपर कपमा बायर्नले डोर्टमण्डलाई लगातार तेस्रो पटक सुपर कपमा पराजित गरेको हो । बायर्नले सुपर कपको उपाधि भने यो सहित ९ पटक जितेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0