इटालीले युरोकप जित्दा शानदार प्रदर्शन गरेका म्यानुएल लोकाटेली युभेन्टसमा अनुबन्ध

फुटबल

काठमाडौं । युभेन्ट्सले इटालियन मिडफिल्डर म्यानुएल लोकाटेलीलाई अनुबन्ध गर्ने पक्का भएको छ । लोकाटेली अनुबन्धका लागि युभेन्ट्स र सासोउलोबीच सहमति बनेको गोल डटकमले जनाएको छ । युभेन्ट्ससँगको सम्झौताका लागि उनी बुधबार टुरिन आईपुगेका छन् ।

लोकाटेलीको बुधबार नै मेडिकल हुनेछ । २३ वर्षीय मिडफिल्डरले युभेन्ट्ससँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ। लोकाटेली सन् २०१९ मा एसी मिलानबाट सासोउलो आएका थिए । युरो २०२० उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्ट्सले लोकाटेलीमाथि नजर लगाउदै आएको थियो ।

इटालीले युरोकपको उपाधि जित्दा उनी टिममा महत्वपूर्ण सदस्य रहेका थिए । युरोमा उनले ५ खेलमा २ गोल गरेका थिए । इटालीका लागि उनले १५ खेल खेलिसकेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged