त्रिकोणात्मक सिरिज : आज नेपाल र नेदरल्यान्ड्सबीच उद्घाटन खेल

क्रिकेट

काठमाडाैं । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृखला आजबाट सुरु हुँदैछ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने श्रृखलाको उदघाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने छन् ।

आयोजक नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । उदघाटन खेलमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ ।

तर, नेपाली टोलीका पूर्व कप्तान पारस खड्का चोटका कारण प्रतियोगिताबाट बाहिर रहेका छन् । नेदरल्याड्स पिटर सीलारको कप्तानीमा मैदान उत्रने छ । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ ।

यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने श्रृखलाको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

नेपालको सम्भावित प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी (विकेटकीपर), आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र सुशन भारी ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0