टी-२० विश्वकपका लागि अस्ट्रेलियन टिम घोषणा, को को परे ?

क्रिकेट

एजेन्सी । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलिया टिमको घोषणा गरेको छ । क्रिकेट अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा बिहीबार विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । अष्ट्रेलियाले घोषणा गरेको टिममा तीन वैकल्पिक खेलाडी राखिएको छ ।

अष्ट्रेलियाको टिममा फिन्च र कुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन र मिचेल मार्श रहेका छन् । त्यस्तै स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन रहेका छन् ।

टिमको वैकल्पिक खेलाडीमा डानिल साम्स, नाथन एलिस र डेनील क्रिस्टियन रहेका छन् । टी–ट्वान्टी विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । सुपर १२ को समूह १ मा रहेको अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

अस्ट्रेलियन टिम : आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मिचेल मार्स, म्याथ्यु वेड, अस्टन अगर, पाट कमिङ्ग्स, मिचेल स्टार्क, केन रिचार्डसन, एडम जाम्पा, जोश हजलउड, मार्कस स्टोइनिस, मिचेल स्वेसन, जोश इङलिस
वैकल्पिक खेलाडी : डान क्रिस्टियन, नाथान इल्स, ड्यानियल साम्स

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *