मौनता तोडे रोनाल्डोले भने : ‘मेरो नामसँग खेल्ने अधिकार कसैलाई छैन, भ्रमपूर्ण प्रचार नगर्नु ‘

फुटबल

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले क्लबबाट बहिर्गमनबारे अनावश्यक र भ्रमपूर्ण प्रचार नगर्न सबैलाई आग्रह गरेका छन् । लियोनल मेस्सी बार्सिलोनाबाट अलग भएर फ्रेन्च लिग क्लब पेरिस सेन्ट जर्मन-पीएसजीसँग आबद्ध भएपछि रोनाल्डोलाई पनि विभिन्न क्लबहरुले आबद्ध गर्न प्रयाश गरेको भन्ने खालका समाचारहरु पछिल्ला दिनहरुमा आइरहेका छन्।

रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटी जाने चर्चा बीच ३६ वर्षीय खेलाडीले आफू ‘काममा केन्द्रित’ रहेको मात्र बताएका छन् । पोर्चुगलका कप्तानले ती हल्लाले आफूलाई एक मानिस र खेलाडीको रूपमा अपमान गरेको जिकिर गरेका छन् ।

‘सबैलाई थाहा छ म कुराभन्दा बढी काम गर्छु,’ रोनाल्डोले आफ्ना शुभचिन्तकलाई प्रष्ट पार्दै भनेका छन्, ‘सत्य र तथ्यविना नै स्पेनका सञ्चारमाध्यमले भ्रमको खेती गरिरहेका छन् । अनावश्यक हल्लाको पछाडि कोहि पनि नलाग्नुहोला ।’

तर पछिल्लो समय मेरो बारेमा जे जति लेखिएका छन्, मैले मेरो कुरा स्पष्ट पार्नुपर्छ । मिडियामा मेरो भविष्यबारे तुच्छरुपमा जे लेखिएका छन्, त्यो हल्लाले त्यहाँ उल्लेख गरिएका क्लब, खेलाडी र स्टाफको अपमान गरेको छ ।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
4
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged