सर्जियो अगुएरोले बार्सिलोनामा मेसिको १० नम्बर जर्शी लगाउन गरे अस्विकार

फुटबल

काठमाडौं । मेस्सीले बार्सिलोना छोडेपछि अलपत्र अवस्थामा रहेको १० नम्बरको जर्सी लगाउन कप्तान जेरार्ड पिकेले गरेको प्रस्ताव अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले अस्वीकार गरेका छन् । सिजनको पहिलो खेल खेल्दा पनि १० नम्बरको जर्सी खाली थियो । नयाँ सिजनमा उक्त जर्सी लगाउने खेलाडी बार्सिलोनाले भेट्टाएको छैन ।

१० नम्बर जर्सी कसैले लगाउँदै भन्ने प्रश्नमा बार्सिलोनाका रक्षक जेरार्ड पिकेले भनेका छन्, ‘कसैले त्यो आट गरेका छैनन् । कसैले त लगाउनु पर्छ भन्ने हो । मैले अगुएरोलाई भनेको थिए । तर उनी त्यसमा पक्का हुन सकेनन् ।’ अहिले समाजिक सञ्जालमार्फत अगुएरोले आफूले प्रयोग गर्ने जर्सी १९ सार्वजनिक गरेका छन् ।

बार्सिलोनामा लामो समय उक्त जर्सी लगाएका खेलाडी मेस्सी हुन् । उनले १३ वर्ष १० नम्बरको जर्सी लगाएका थिए । तर उनी बार्सिलोनासँगको २१ वर्षे बसाइ अन्त्य गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएपछि उनले लगाउँदै आएको जर्सी खाली अवस्थामा छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
3
+1
0
+1
0
+1
0
+1
0
Tagged