मेसीले आज पनि पिएसजीबाट डेब्यु नगर्ने

फुटबल

एजेन्सी,४ भदौ । लियोनल मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्ने उनका समर्थकले अझै केही समय कुर्नुपर्ने भएको छ । प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बेरस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा समावेश गरेका छैनन् ।

योसँगै मेस्सीको पिएसजीको खेलमा डेब्यु अझै केही दिन लम्बिएको हो । आज हुने खेलमा नेइमार र लियन्द्रो पेरेडेसको पनि देखिने छैनन् । मेस्सी ‘लिग वान’को चौथौ खेलमा स्टेडे डि रेइम्सविरुद्ध उत्रनसक्ने अपेक्षा गरिएको छ । हालैमात्र मेस्सी बार्सिलोना सँगको लामो यात्रा तोड्दै पिएसजीमा अनुबन्धित भएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0