राष्ट्रिय टिमको म्याचसँग मिति जुधेपछि सन्दीप लामिछानेले सीपीएल खेल्ने सम्भावना न्यून

क्रिकेट

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ । सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले राससलाई बताउनुभयो ।

उहाँले राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त हुनुपर्ने भएकाले पनि सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको उल्लेख गर्नुभयो । सन्दीप सीपीएल २०२१ मा ट्रिनबेगो नाइट राइडर्समा अनुबन्ध हुनुभएको थियो ।

सीपीएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन हुनेछ । नेपालले ओमानमा नै हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ । त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्नेछ ।

त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग सेप्टेम्बर ५ र ८ तारिखमा दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । दुवै खेल ओमनमा नै हुनेछ । सन्दीपले यसअघि तीन सिजनको सीपीएल खेलिसक्नुभएको छ । उहाँले गत सिजन जमैका तलावाजबाट खेल्नुभएको थियो । त्यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्नुभएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged