निराजन महर्जनले यो सिजनको ‘ए’ डिभिजन पनि थ्रीस्टारबाट खेल्ने

फुटबल

काठमाडौं । युवा डिफेन्डर निराजन महर्जन नयाँ सिजनका लागि ए डिभिजन क्लब थ्री स्टारमै रहने भएका छन् । महर्जनले आज ललितपुरको क्लब थ्री स्टारसँगको सम्झौता नवीकरण गरेका छन् । निराजनले सम्झौता नवीकरण गरेको थ्री स्टारले सामाजिक संजालमार्फत जनाएको छ ।

आगामी कात्तिक २९ गतदेखि शुरु हुने सहिद स्मारक ए डिभिजन लीगका लागि थ्री स्टारले निराजनसँगको सम्झौता नवीकरण गरेको हो । निराजनले नेपालको यू १२, यू १४,यू १८ र यू १९ राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् ।

यस्तै सन् २०१८ मा थ्री स्टारको यू१८ टिमको कप्तानी गरेका थिए । थ्री स्टारले यसअघि नै कप्तान विक्रम लामा, डिफेन्डर अनन्त तामाङ र निशान खड्का, मिडफिल्डर सन्जोग राई, मनाग्य नकर्मीसँगको सम्झौता नवीकरण गरिसकेको छ ।

यस्तै राष्ट्रिय टिमका युवा मिडफिल्डर आयुश घलानलाई पनि क्लब भित्र्याएको छ । यस अघि क्लबले मिडफिल्डर डोना थापा र क्यामरुनी डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई पनि अनुबन्ध गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged