पाकिस्तानले जित्यो दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज

क्रिकेट

काठमाडौं, ४ वैशाख । दक्षिण अफ्रिका भ्रमणमा रहेको पाकिस्तान क्रिकेट टोलीले टी-२० श्रृंखला जितेको छ । गएराति भएको चौथो तथा अन्तिम खेलमा ३ विकेटको रोमाञ्चक जीत हात पारेको पाकिस्तानले श्रृंखला आफ्नो नाम गरेको हो ।

जितका लागि १४५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानलाई अन्तिम दुई बलमा दुई रन चाहिएको अवस्थामा मोहम्मद नवाजले छक्का प्रहार गर्दै पाकिस्तानलाई श्रृंखला जिताएका थिए ।

मोहम्मद नवाज २१ बलमा १ चौका र २ छक्कासहित २५ रनमा अविजित रहे । फखर जमानले सर्वाधिक ६४ रनको योगदान दिए । कप्तान बाबर आजम २४, मोहम्मद अफिज १० रनमा आउट भए । एक समय ९.२ ओभरमा ९२–२ को बलियो अवस्थामा रहेपनि त्यसपछि लगातार विकेट गुमाउँदा खेल अन्तिम ओभरसम्म पुगेको थियो । दक्षिण अफ्रिका सिसान्डा मागला र लिजाड विलियम्सले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका १९.३ ओभरमा १ सय ४४ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका राशी भान डर डुसेनले सर्वाधिक ५२ रनको योगदान दिए । ओपनर जानेमान मलानले ३३, एडेन माक्ररमले ११ रन बनाए । पाकिस्तानका हसन अली र फहीम असरफले समान ३–३ विकेट लिए भने हारिस राउफले २, मोहम्मद नवाज र शाहीन अफ्रिदीले १–१ विकेट लिए ।

पहिलो टी२० खेलमा पाकिस्तान ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पाकिस्तान ९ विकेटले विजयी भएको थियो । यसअघि पाकिस्तानले तीन खेलको एकदिवसीय श्रृंखला पनि २–१ ले जितेको थियो । उत्कृष्ट प्रदर्शन गरेका पाकिस्तानका कप्तान बाबर आजम प्लेयर अफ द सिरिज चुनिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0