एभरेष्ट प्रिमियर लिगको प्रत्यक्ष प्रशारण हिमालय टिभी र ओएसआर स्पोट्सले गर्ने

Uncategorized

काठमाडौं । चौंथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन र ओएसआर स्पोट्स युट्युब च्यानलबाटले गर्ने भएको छ । ईपीएलले शुक्रबार पत्रकार सम्मेलन गर्दै ईपीएल क्रिकेटको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने जनाएको छ ।

ईपीएलको प्रसारण र डिजिटल अधिकार पाएको एडप्याडले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि हिमालय टेलिभिजनसँग सम्झौता गरेको छ । एड्प्याड र ईपीएलबीच आज भएको सम्झौताअनुसार उसले ३ वर्ष लिगको प्रसारण गर्नेछ। त्यसपछि पनि सहकार्य गर्ने एडप्याडले जनाएको छ।

इपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ । गतवर्ष चैत १ गतेदेखि १५ गतेसम्म मैदानमा हुने तय भएपनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । यसअघि सन् २०१९ मा तेस्रो संस्करण आयोजना भएको थियो । जसमा ललितपुर प्याट्रिओट्सले उपाधि जितेको थियो ।

इपीएलमा साविक विजेता ललितपुरसँगै काठमाडौं किङ्स ११, विराटनगर वारियर्स, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा ग्ल्याडियटर्सले प्रतिस्पर्धा गर्नेछन् ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged