मेस्सी र नेइमार बिना पनि पिएसजीको शानदार जित

फुटबल

काठमाडौं, भदौ ५ : लियोनल मेस्सी र ब्राजिलियन स्टार नेइमारलाई बेन्चमा राखिएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित निकालेको छ। शुक्रबार राति भएको ब्रिष्टविरुद्धको खेलमा पीएसजी ४-२ गोल अन्तरले बिजयी भएको हो । लिगमा पीएसजीको यो लगातार तेस्रो जित हो ।

पिएसजीका लागि हरेरा, केलियन एम्बाप्पे, गुआई र एन्जल डि मारियाले गोल गरे। ब्रेस्टका लागि होनोरात र मोउनीले गोल गरेका थिए। हरेराले २३औं मिनेटमा गरेको गोलसँगै भ्रमणकारी पीएसजीले अग्रता लिएको थियो । त्यसको १३ मिनेट नबित्दै एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा होनोरतले ब्रिस्टका लागि गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए। दोस्रो हाफको पनि सुरुआतदेखि नै आक्रमक बनेको पीएसजीले ७३ औं मिनेटमा ग्युएको गोलसँगै अग्रता ३-१ मा लम्ब्याएको थियो।

निर्धारित ९० मिनेटको खेल सकिन पाँच मिनेट बाँकी रहँदा मुनीले ब्रिस्टका लागि गोल गर्दै खेललाई पुन: २-३ मा छोट्याए। यद्यपि, इन्जुरी समयमा डी मारियाले गोल गर्दै पीएसजीले सहज जित निकाल्यो। जितपछि पीएसजी ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ब्रेस्ट ३ खेलबाट २ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

यो खेलमा प्रशिक्षक मौरिसियो पोचेटिनोले नेयमार र मेस्सीलाई टोलीमै समेटेका थिएनन् । दुवै खेलाडी ढिला गरी प्रशिक्षणमा सामेल भएका थिए । मेस्सीले अर्काे खेलबाट पीएसजीमा डेब्यु गर्ने सम्भावना रहेको बताइएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0