चेन्नाईलाई हराउँदै दिल्ली आईपिएलको शिर्ष स्थानमा

क्रिकेट

काठमाडौं : सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा पुगेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई ४४ रनले हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले दिएको १७६ रनको लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै मात्र १३१ रन बनायो । उसका लागि फाप डु प्लेसिसले ४३ रन जोडे। केदार जादवले २६ रन जोडे भने कप्तान महेन्द्रसिंह धोनीले १५ रन र रवीन्द्र जडेजाले १२ रन बटुले।

कसिलो बलिङ गरेको दिल्लीका लागि कागिसो राबडाले ३, एन्रीच नोर्ट्जले २ र अक्षर पटेलले १ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

दिल्लीका लागि ओपनर पृथ्वी शाले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। अर्का ओपनर शिखर धवनले ३५ रन जोड्दा पहिलो विकेटका लागि उनीहरुले ९४ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि ऋषब पन्तले ३७ र कप्तान श्रेयस आयरले २६ रन बनाए ।

बलिङतर्फ भने चेन्नाईका पियुष चावलाले दुई विकेट लिदा साम कुरनको नाममा एक विकेट रह्यो। दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स इलाभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो।

चेन्नईबिरुद्धको खेलमा पनि दिल्लीले नेपाली लगस्पिनर सन्दिप लामिछानेलाई बेञ्चमै राखेको थियो । आईपीएलको आठौं खेलमा आज सनराईजर्स हैदरावाद र कोलकत्ता नाईट राईडर्स प्रतिस्पर्धा गर्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0