करिम बेन्जिमा २०२३ सम्म रियल मड्रिड रहने

फुटबल

काठमाडौं : रियल मड्रिडका फरवार्ड करिम बेन्जेमा सन् २०२३ सम्म स्पेनिस क्लब रियल मड्रिडमा रहने भएका छन्। ३३ वर्षीय बेन्जिमाले क्लबसँग थप एक वर्षको सम्झौता गरेका छन् ।

सम्झौताले बेन्जिमाको रियल मड्रिडमा १४ वर्ष पूरा हुने भएको छ । ३३ वर्षका बेन्जिमा सन् २००९ मा रियल मड्रिडमा अनुबन्धित भएका थिए ।

उनले रियलबाट ४ च्याम्पियन्स लिग र ३ ला लिगासहित १९ मुख्य उपाधि जितेका छन्। उनले गएको हप्ता यो सिजनको सुरुवाति खेलमा एलाभेसलाई ४–१ ले पराजित गर्ने क्रममा दुई गोल गरेको थिए ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0