तालिबानबाट अफगानिस्तान क्रिकेटलाई खतरा छैन

क्रिकेट

काठमाडौं । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अफगानिस्तान क्रिकेट बोर्डका अध्यक्ष हामिद शिनवारीले तालिबान सत्तामा आएर क्रिकेटलाई कुनै असर नगर्ने बताएका छन् । शिनवारीले राष्ट्रिय टिम काबुलमा अभ्यास गर्न उत्साहित रहेको कुरामा जोड दिए।

समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले भने,‘ पछिल्लो तालिबानी सरकारमा क्रिकेटमा कुनै समस्या थिएन र अब फेरि पनि हुने छैन । मलाई याद छैन कि तालिबानले कहिल्यै क्रिकेटलाई लिएर समस्या निकालेको छ ।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1