साफ च्याम्पियनशिप फुटबलको तालिका परिवर्तन

फुटबल

काठमाडौं । १३ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघले माल्दिभ्समा हुने प्रतियोगिताको तालिका संशोधन गरेको हो । संशोधित तालिका अनुसार अक्टोबर १ देखि १६ तारिख अर्थात असोज १५ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

नेपालले असोज १५ गते आयोजक देश माल्दिभ्ससँग उद्घाटन खेल खेल्नेछ । यस्तै श्रीलंकासँग असोज १८ गते, भारतसँग २४ गते र बंगलादेशसँग असोज २७ गते खेल्नेछ ।

प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी हुने छैनन् । पाँच टोलीमध्ये शीर्ष दुईमा रहने टोलीले फाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
4
+1
2
+1
0
+1
0
+1
0