मेसि बिना पहिलो पटक घर बाहिर खेल्दै बार्सिलोना, जित्ला त खेल ?

फुटबल

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोना र एथलेटिक बिल्बाओबीच प्रतिस्पर्धा हुँदैछ। बिल्बाओको घरेलु मैदानमा हुने खेलमा बार्सिलोना लगातार दोस्रो जित निकाल्ने दाउमा छ।

यता पहिलो खेलमा इल्चेसँग गोल रहित बराबरीमा रोकिएको बिल्बाओ घरेलु मैदानमा बलियो बार्सिलोनालाई रोक्ने प्रयासमा हुनेछ। बार्सिलोनाले सिजनको पहिलो खेलमा रियल सोसिडाडलाई ४-२ गोलले हराएको थियो।

सदाबहार स्टार लियोनल मेस्सीले बार्सिलोना छाडेपछि बार्सिलोनाको प्रदर्शनलाई लिएर चर्चा परिचर्चा भइरहेको छ। मेस्सीबिनै पहिलो खेलमा सानदार नतिजा निकालेको बार्सिलोना दोस्रो खेलमा पनि उही लय समात्ने अभियानमा छ।

मेस्सी हालैमात्र २१ वर्षे बार्सिलोना बसाइ अन्त्य गरेर फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्ध भएका छन्। यद्यपि, पीएसजीले लिगमा सुरुवाती तीन खेल जितिसक्दा मेस्सीलाई अझै मैदानमा उतारेको छैन। ला लिगामै शनिबार राति भ्यालेन्सिया र ग्रानाडा, भिल्लारियल र इस्पान्योल तथा मालोर्का र डिर्पोटिभो अलाभेसबीच प्रतिस्पर्धा हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *