मेस्सीविना घर बाहिर खेलेको पहिलो खेलमा हारबाट जोगियो बार्सिलोना

फुटबल

काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सी विना घर बाहिरको पहिलो खेलमा बर्सिलोना बराबरीमा रोकिएको छ । एथ्लेटिक क्लबसँग बार्सिलोना १–१ को बराबरीमा रोकिएको हो। घरेलु टोली बिल्वाओका इनिगो मार्टिनेजले गोल गर्दा बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी गोल फर्काए ।

घरेलु टोली एथ्लेटिकोका इनिगो मार्टिनेजले खेलको ५० औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । उनले इकर मुनिएनको पासमा गोल गरेका थिए । बार्सिलोनाका मेम्फिस डिपाएले ७५ औं मिनेटमा बराबरी गोल फर्काए । उनले सर्जी रोबर्टोको पासमा गोल गरेका थिए । ला लिगामा यो उनलको पहिलो गोल हो ।

बराबरीपछि बार्सिलोनाको २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । बिल्वाओले २ खेलबाटै २ अंक जोडेको छ । बार्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0