नर्विचमाथि म्यानचेस्टर सिटीकाे सानदार जित

फुटबल

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले नर्विच सिटीलाई ५–० ले हराएको हो । म्यानचेस्टरलाई सानदार जित दिलाउनको लागि ज्याक ग्रेलिस, एयमेरिक लापार्टे, रहिम स्टर्लिङ र रियाह माहरेजले एक(एक गोल गरे । एक गोल भने सिटीले उपहार स्वरुप पायो ।

खेलको सातौं मिनेटमा नै टिम क्रुलको आत्मघाती गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो। ग्रान्ट हान्लीले क्रस बचाउने सुरमा बल क्रुललाई लाग्दै आफ्नै पोस्टमा गोल भएको थियो । २२औं मिनेटमा ग्रेलिसले गोल गर्दै म्यानचेस्टरको अग्रता दोब्बर बनाए । उनले गाब्रियल जेससको क्रसमा गोल गरेका थिए ।

दोस्रो हाफमा सिटीले तीन गोल थप्यो । ६४औं मिनेटमा एमरिक लापोर्टले सिटीका लागि तेस्रो गोल गरे । ७१औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रहिम स्टर्लिङले गोल गरे । उनले पनि जेससकै पासमा गोल गरे । यस्तै वैकल्पिक खेलाडीकै रुपमा मैदान प्रवेश गरेका रियाद महारेजले ८४औं मिनेटमा रुबेन डियाजको पासमा गोल गरेपछि सिटीले ५-० को फराकिलो जित हात पारेको हो ।

जितसँगै सिटीले २ खेलबाट ३ अंक जोडेको छ। नर्विचले दुई खेलबाट अंक जोड्न सकेको छैन। यस्तै, अन्य खेलमा न्युक्यासलले एस्टन भिल्लालाई २-० हराउँदा लिड्स र एभर्टन २-२ र ब्रेन्टफोर्डले क्रिस्टल प्याले गाेलरहीत बराबरी खेले।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0