अफगानिस्तानमा महिला खेलाडीको जीवन रक्षाको माग

फुटबल

एजेन्सी । विश्व फुटबल महासंघ फिफाले अफ्गानिस्तानमा रहेका महिला खेलाडीहरुको जीवन रक्षा गर्न विश्व समुदायसँग अपिल गरेको छ । फिफाले विश्वका विभिन्न शक्तिशाली मुलुकहरुलाई पत्र लेख्दै अप्mगानिस्तानमा रहेका महिला फुटबल खेलाडीहरुलाई त्यहाँबाट बाहिर निकाल्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

व्यवसायीक खेलाडीहरुको संस्था फिफ्प्रोले पनि सहयोगका लागि अनुरोध गरेको छ । अफ्गानिस्तनमा तालिवान विद्राोहीले सत्ता हातमा लिएपछि त्यहाँ रहेका महिला खेलाडीहरुमाथि खतरा बढेको हो । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान खालिदा पोपालले खेलाडीहरुको जिवन रक्षाको लागि सार्वजनिक अपिल गरेकी छिन् ।

पूर्व प्रशिक्षक एवं अमेरिकी नागरिक हाले कार्टरले केही खेलाडीहरु अफ्गानिस्तानबाट उद्धारको याचना गर्दै आफुसँग सम्पर्कमा रहेको बताएकी छिन् । तालिवानले महिलाहरुलाई कुनै प्रकारको शिक्षा र खेलकुदमा बन्देज लगाउने त्रासमा त्यहाँका अधिकांश महिला अहिले भयवित छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.