रोनाल्डोले युभेन्टस छोड्दैनन्

फुटबल

काठमाडौं । युभेन्टसका मुख्य प्रशिक्षक मासिमिलियानो एलेग्रीले क्रिस्टियानो रोनाल्डोले युभेन्टस नछोड्ने बताएका छन् । अहिले रोनाल्डोले युभेन्टस छोड्ने बहस भैरहेका बेला प्रशिक्षक एलेग्रीले रोनाल्डोले आफुलाई क्लब नछोड्ने बताएको स्पष्ट गरेका हुन् ।

अहिले रोनाल्डो उनको पुर्व क्लब रियल म्याड्रिड र प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी फर्किने हल्ला चलिरहेको छ । यद्यपी रियल म्याड्रिड फर्किने हल्ला निराधार रहेको स्वयं रोनाल्डो र रियल म्याड्रिडका प्रशिक्षकले यस अघि नै स्पष्ट गरिसकेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
2