त्रिकोणात्मक सिरिज : नेपालकाे सानदार जित

क्रिकेट

काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्ध शानदार जित निकाल्दै विजयी सुरुवात गरेको छ । शनिबार त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको नेदरल्याण्डस्ले नेपाललाई जम्मा १ सय ३७ रनको लक्ष्य दिएको थियो ।

जवाफी व्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा नै आफ्नो लक्ष्य पूरा ग¥यो । कुशल भुर्तेल र आशिफ शेखले अर्धशतक प्रहार गर्दै नेपालको जितलाई सहज बनायो । नेपालको जितका लागि कुशलले ५ चौका र ५ छक्का हान्दै ६२ रन योगदान गरे भने आशिफले चार चौका र चार छक्का प्रहार गरी ५४ रनसहित अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्लले भने १३ रनको योगदान गरे ।

यसअघि नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो । खराब सुरुवात गरेको नेदरल्याण्डस्का बासडी लीडेले सर्वाधिक ४१ रन बनाए भने स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले अविजित २२ र एनोनियस स्टालले अविजित २० रनको योगदान गरे ।

बलिङमा नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए । उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे । त्यस्तै, साहब आलम र सोमपाल कामीले एक-एक विकेट लिए ।

त्यस्तै नेदरल्यान्ड्सले दोस्रो विकेटको रुपमा बेन कोपरलाई शुन्य रनमा गुमायो। आफ्नो स्पेलको दोस्रो ओभर लिएर आएका सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लु धरापमा पारेका थिए।

नेपालले सिरिजको दोस्रो खेलमा वैशाख ६ गते मलेशियासँग खेल्ने छ। तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग वैशाख ७ गते र लिगको अन्तिम खेलमा मलेशियासँग वैशाख ९ गते खेल्ने छ । सिरिजको फाइनल भने वैशाख ११ गते हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *