अफगानिस्तानका मोहम्मद साहजादले चितवनबाट ईपीएल खेल्ने

क्रिकेट

काठमाडौं । अफगानिस्तानका आक्रामक ब्याट्सम्यान तथा विकेटकिपर मोहम्मद साहजादले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने पक्का भएको छ । चितवन टाइगर्सले आइतबार ३४ वर्षीय साहजादसँग सम्झौता नवीकरण गरिएको जानकारी दिएको हो।

यसअघि पनि उनले चितवनबाटै ईपीएल खेल्न सम्झौता गरेका थिए । कोभिड-१९ को संक्रमण बढेसँगै ईपीएल स्थगित हुँदा उनी यसअघि नेपालको फ्रान्चाइज लिग खेल्न पाएका थिएनन्।

विकेटकिपर ब्याट्सम्यान साहजाद अफगानिस्तानलाई क्रिकेटलाई उचाइमा पुर्‍याउने मध्येका प्रमुख खेलाडी हुन्। दाँहिने हाते ब्याट्सम्यानले अफगानिस्तानलाई सन् २०१० देखि चारपटक ट्वान्टी–२० विश्वकपमा पुर्‍याउदा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *