साउथह्याम्टनसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आइतबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ। । साउथह्याम्पटनको मैदान सेन्ट मेरिजमा भएको खेलमा घरेलु टोली साउथह्याम्पटनले अग्रता जोगाउन नसक्दा युनाइटेडसँग बराबरीमा रोकिएको हो।

पहिलो हाफको ३०औं मिनेटमा फ्रेडको आत्मघाती गोल मार्फत घरेलु टोलीले अग्रता लिएको थियो। तर दोस्रो हाफमा युनाइटेड खेलमा फर्किए । मासन ग्रिनउडले पउल पोग्बाको पासमा गोल गरेपछि युनाइटेड हारबाट जोगियो ।

यो नतिजापछि म्यानचेस्टरको दुई खेलबाट चार अंक भएको छ । साउथह्याम्पटनले भने पहिलो अंक बटुलेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0