रोनाल्डोको गोलले मान्यता नपाउँदा बराबरीमै रोकियो युभेन्ट्स

फुटबल

काठमाडौं, भदौ ७ : इटालियन सिरी ए अन्तर्गतको आफ्नो पहिलो खेलमा उपाधि दावेदार युभेन्ट्स बराबरीमा रोकिएको छ। आइतबार राति सम्पन्न खेलमा युभेन्टसले अग्रता जाेगाउन नसक्दा युडिनेजीसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको तेस्रो मिनेटमै पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए। २३ औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २–० को स्थितिमा पुर्याए। खेलको ५१ औँ मिनेटमा रोबर्टो पेरिय्राले युभेन्टसविरुद्ध एक गाेल फर्काए । खेलको ८३ औँ मिनेटमा जेरार्ड डेउलोफेउले युभेन्टसविरुद्ध गोल गरी खेललाई २-२ काे बराबरीमा राेके ।

स्टार खेलाडी क्रिस्टिायनो रोनाल्डोले क्लब छाडेर जाने चर्चाबीच उनी मासिमिलानो एलेग्रीको शुरुवाती ११ मा अटाएका थिएनन् । खेलको इन्जुरी समयमा रोनाल्डोले निर्णायक गोल गरेका थिए तर भीएआरले सो गोललाई अफसाइड भनेर खारेज गरेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *