जब हुदै नभएको गोलमा रोनाल्डोले मनाउँन थाले खुसियाली…

फुटबल

काठमाडौं : इटालियन सिरिए ए को नयाँ सिजनको पहिलो खेलमा उपाधिको दाबेदार युभेन्टस उडिनेजेसँग २–२ को बराबरीमा रोकिएको छ । युभेन्ट्सले खेलमा लिएको दुई गोलको अग्रतालाई जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।

युडिनेजीको मैदानमा खेलको तेस्रो मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । ५१ औं मिनेटमा रोबर्टो पेरिय्राले गोल गर्दै युडिनेजीलाई २–१ को स्थितिमा ल्याए । ८३औँ मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दै खेल २-२ को स्थितिमा ल्याएर युडिनेजीलाई हारबाट जोगाए ।

३६ वर्षीय रोनाल्डो खेलको ६० औँ मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए । खेल २–२ को अवस्थामा रहेको बेला इन्जुरी समय उनले फेडेरियो किएसाको क्रसमा हेडमार्फत गोल पनि गरे । तर, भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड करार गर्दै रद्द गरेको थियो । त्यसअगाडी गोल गरेको भन्दै रोनाल्डोले सेलिब्रेशन भने गरिसकेका थिए । त्यसैले यतिबेला सामाजिक संजालमा उनि ट्रोलको शिकार भईरहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
3
+1
1
+1
18
+1
2
+1
3
+1
10