नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

क्रिकेट

काठमाडौं : नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाल राष्ट्रिय क्रिकेट टिमको आधिकारिक प्रायोजक माइसेकेन्ड टिचरले संयुक्त रुपमा नयाँ जर्सी सार्वजनिक गरेको हो ।
जर्सी डिजाइनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियम पालना गरिएको थियो ।

जर्सीको अन्तिम टुंगो लगाउनका लािग क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइसेकेण्ड टिचरबाट आशिष सिग्देल रहेको चार सदस्यीय समिति गठन गरेको थियो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0