अफगानिस्तान क्रिकेट पनि तालिवानको कब्जामा, क्रिकेट बोर्डमा नयाँ नियुक्ति

क्रिकेट

एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्षमा अजिजुल्लाह फाजिल नियुक्त भएका छन् । हालसालै अफगानिस्तानको सत्ता हातमा लिएको बिद्रोही तालिबानले पहिलोपल्ट क्रिकेट बोर्डमा नेतृत्व हेरफेर गरिएको हो ।

फाजिल यसअघि सन् २०१८ को सेप्टेम्बरपछि ११ महिना अफगानिस्तान क्रिकेट संघको अध्यक्ष बनेका थिए । विश्वकप क्रिकेटमा टोलीको कमजोर प्रदर्शनपछि फाजिलले पद छाडेका थिए ।

तालिबानका प्रतिनिधिले यसअघि अफगानिस्तान क्रिकेट बोर्डका अधिकारीसँग छलफल गरेका थिए । बोर्डले फाजिलको नेतृत्वमा अफगानी टोलीले पाकिस्तान र श्रीलंकासँग सिरिज खेल्ने जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0