त्रिदेशीय शृङ्खला खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

क्रिकेट

काठमाडौं : ओमान र अमेरिकाविरुद्ध हुने त्रिदेशीय शृङ्खला खेल्नका लागि नेपाली क्रिकेट टोली आज ओमान प्रस्थान गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान सलाम एयरबाट मस्कट प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

ओमानमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । विश्वकप लिग-२ को सिरिजअघि नेपाललाई पीएनजी विरुद्धको खेल प्राक्टिसको रुपमा रहनेछ । नेपाल र पीएनजीबीचको खेल सेप्टेम्बर ५ र ८ तारिखमा (भदौ २० र २३ गते) ओमानमै हुनेछ ।

नेपाल, ओमान र अमेरिका सम्मिलित लिग-२ सिरिज सेप्टेम्बर १३ देखि २० (भदौ २८ देखि असोज ४ गते) सम्म ओमानको मस्कटमा सञ्चालन हुनेछ । आइसीसीले खेल तालिका भने सार्वजनिक गरिसकेको छैन । तर हरेक टिमले अर्को टिमसँग दुई-दुई खेल खेल्नेछन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0