लेस्टर सिटीमाथि फराकिलो जित निकाल्दै वेष्टहम शीर्ष स्थानमा

फुटबल

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई पराजित गर्दै वेष्टहम युनाइटेड शीर्ष स्थानमा उक्लेको छ । सोमबार राति भएको खेलमा वेष्टहमले दस खेलाडीमा समेटिएको लेस्टरलाई ४-१ ले पराजित गर्दै स्थानमा उक्लेको हो ।

वेस्टह्यामको जितमा मिचैल एन्टोनियोले दुई गोल गरेका थिए भने पाब्लो फोर्नल्स र सैद बेन्राहमाले एक एक गोल गरेका थिए । त्यसैगरी लेस्टरका लागि योउरी टिएलेम्यान्सले एक गोल गरेका थिए ।

लेस्टरका युरी टिलेमान्सले एक गोल फर्काए । खेलको ४० औं मिनेटमा एयोजी पेरेज रातो कार्ड पाएर बाहिरिएपछि लेस्टर १० खेलाडीमा समेटिएको थियो ।

यो जितपछि वेस्टह्यामको २ खेलमा ६ अंक हासिल गरेको छ भने लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै लेस्टरको भने २ खेलमा एक खेल र एक हार बेहोर्दै ३ अंक हासिल गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0