बक्सिङमा नेपाललाई अर्को ऐतिहासिक पदक

मार्शल आर्ट

काठमाडौं । नेपाली बक्सिङ्लाई जुनियर तथा युथ बक्सिङतर्फ पनि एशियास्तरमा अर्को महत्वपूर्ण सफलता प्राप्त भएको छ । यही अगस्त २० देखि दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वायज एन्ड गर्ल्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूह अन्तर्गत सम्पन्न क्वार्टरफाइनलमा कुवेतका प्रतिद्वन्दी मोहमदलाई पराजित गर्दै नेपालका स्कुले मुक्केवाज छिरिङ वाङदी शेर्पाले तीनवटै राउन्डमा आफ्नाे वर्चश्व कायम गर्दै ५–० को आधारमा जित हासिल गरेका छन् ।

यसै गरी नेपालका दुई जना महिला मुक्केबाजहरु स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समुह अन्तर्गत नेपाललाई कास्य पदक पक्का गरी गरिसकेका छन् । यसरी ६ जना सहभागी मुक्केबाजहरुमध्ये हालसम्म ३ कास्य पक्का गरी सकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
5
+1
3
+1
2
+1
1
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *