डिफेण्डर रञ्जित धिमालले मछिन्द्रसँग गरे सम्झौता नवीकरण

फुटबल

काठमाडौं । नयाँ सिजनलाई मध्यनजर गर्दै डिफेन्डर रन्जित धिमालले ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मच्छिन्द्रले २०२१/२२ का लागि रन्जितसँग सम्झौता गरेको हो ।

रन्जितले मछिन्द्रलाई पछिल्लो संस्करणको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निवार्ह गरेका थिए । यसअघि मछिन्द्रले गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डर अभिषेक रिजाल र सुजल श्रेष्ठ तथा फरवार्ड रेजिन सुब्बासँग सम्झौता नवीकरण गर्दा मनिष डाँगीलाई अनुबन्ध गरेको थियो ।

राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका रन्जित अहिले बन्द प्रशिक्षणमा छैनन् । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले रन्जितलाई ३८ जनाको टोलीमा समेटे पनि २८ जना घोषणा गर्दा उनलाई बाहिर राखेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0