पुन: यी तिन खेलाडी नेपाली टिमबाट बाहिरिए

फुटबल

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बाहिरिएका छन् । बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीमध्येबाट ३ जना बाहिरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३ खेलाडीलाई बाहिर राख्दै २५ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।

टिमबाट बाहिरिनेमा अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८, तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर असोज २७ गते खेल्नेछ ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० गते प्रतिस्पर्धा गर्नेछन् । साफ च्याम्पियनसिप अघि नेपालले भदौ १७ र २० गते भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
1
+1
1
+1
0
+1
0