महिला एसियन कप छनोटका लागि नेपाली महिला फुटबल टोलीको घोषणा

फुटबल

काठमाडौं, भदौ ८ : आगामी सेप्टेम्बर तेस्रो साता उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ को छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणमा रहेका २८ जना खेलाडीमध्येबाट २३ जनाको नाम घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी बाहिरिएका छन्। जसमा अमिसा कार्की, अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा रहेका छन्। नेपालले छनोटको पहिलो खेल सेप्टेम्बर १८मा फिलिपिन्स र दोस्रो तथा अन्तिम खेल सेप्टेम्बर २१ मा हङकङसँग खेल्नेछ ।

नेपाली टोली : इन्दिरा राई. अन्जना रानामगर, अन्जिला सुब्बा, उषा नाथ, मञ्जरी तामाङ, निशा थोकर, प्रिति राई, पूजा राना, पूनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेणुका नगरकोटी, सबिता राना, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, बिमला बिके, बिमला चौधरी, दिपा राई, गिता राना, हिराकुमारी भुजेल, सरु लिम्बु र सिर्जना सिंह ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *